• रवि र १२ भाई: प्रसंग एक,चर्चा अनेक
यो मेरो नितान्त व्यक्तिगत विचार हो । नलेखौं भन्ने हुँदा हुँदै लेखौँ लाग्यो। प्रष्ट भन्छु, मलाई व्यक्तिका रुपमा रवि लामिछाने कहिल्यै मन परेन, हिजो प्रधानमन्त्रीसँग सिधा कुरा हुँदै जनतासँग सिधा कुरा अथवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति हुँदै चौथो शक्तिको रुपमा गृहमन्त्री बन्दा नै किन नहोस्। सर्वोच्चदेखि प्रेस मिट सम्म। तथापी रवि व्यक्ति भन्दा “देशको लागि गर्छु ?” भन्ने हुटहुटिका साथ जुन प्रयत्न र कर्म उनमा देखियो, यो कुराको पक्षपोषक चाहिँ म हुँ। उनलाई हेर्ने दृष्टिकोणमा म कहिल्यै निष्पक्ष हुन सकिन, पर्दा पछिल्तिर विविध कारण होलान् तर कारणहरू जे सुकै हुन् एउटा तप्काका आशाहरु अंकुरण गराएर नेतृत्व गर्ने कुरा सोचे जस्तो सजिलो छैन। यो परीक्षामा रवि सफल भए। देशमा बहस हुनु पर्छ, बहस पनि मुद्दामा हुनु पर्छ, वजनदार वाद प्रतिवाद चल्नु पर्छ, प्रश्न र प्रतिप्रश्नले नेतृत्व खरिनु पर्छ नै, तव मात्र साँच्चै हामीले ल्याएको तन्त्रले ठीक काम गर्छ। ठीक नेता उत्पादन गर्छ।
घरिघरि लाग्छ !
शेर बहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल वा अरु समकालीन नेता कुनै न कुनै समय साँच्चै देश र जनताको
निमित्त भनेर नै संभावित जीवन वा मृत्यु के प्राप्त हुन्छ? भन्ने कुरालाई समेत नजरअन्दाज गरेर नै संघर्ष गरेको कुरा
सत्य हो। तर आजलाई हेर्दा त्यो संघर्ष सत्य थिएन कि जस्तो प्रतीत हुने ठाउँमा कसरी
राजनीति आइपुग्यो ? कुनै न कुनै पटक जनताको अपार साथ सबै ले
पाए, पुन: त्यही रुझान रहेन, फलत: राजनीति निरस बन्न पुग्यो।
यहीँ नेर !
जनताको अपार साथ र यकिन साथ, निर्विकल्प किटेर
“अब यसैले देश बनाउँछ !” भन्ने दृढ विश्वासमा पटक पटक तुषारापात भएको छ। देश बनाइदिने, साँच्चै नेपाल आमाको वीर सपुतको त्यो प्रतिविम्ब आज हामीले
पात्र फेरि फेरि बोक्दै, अनि फेरि पार नलागे पछि पात्र फेर्दै
छौँ। हाम्रो तीतो/ नमिठो सत्य यही हो। हामी सपना देख्दा देख्दै कयौंन पल्ट
ब्यूँझनु पर्या छ। दरपिढी यही भोग्दै छौं।
ब्युँझिएको आशा,
सपनाबाट व्युँझिनु लगत्तै केही सपना प्रतिको मोह, आशक्ति हुन्छ नै। अझ राम्रो सपनाको त, बल गरेर सम्झिने कोसिस गर्छौं। हैन फेरि निदाउन सकिन्छ भने, र सपनालाई जोडेर अगाडी लान सकिन्छ भने हामी त्यो मूर्खता
पनि गर्छौ। यस्तै देश बन्ने र बनाउने कुराको काकाकुल को नहोला र ?
रवि !
रवि यो राजनीतिको एउटा शक्तिका रुपमा चौथो भए पनि चर्चा, बहस वा पटाक्षेपका हिसाबले उद्गम उदय हुन। किनकि उनी एउटा
फरक आशा विजारोपण गरेका यो ५ वर्षे अवधिका चुनिन्दा रास्वापा सभापति हुन्।
“*घरीघरी लाग्छ” मा भने झैँ रवि अबको समयको आशाको रुपमा टिक्नु पर्छ। मलाई यति
मात्र थाहा छ, फेरि एकपटक राजनीति निरस बन्न हुन्न।
त्यो कसरी ? के गर्दा हुन्छ ? उपाय ठ्याक्कै के गर्दा लाग्छ ? म यसै भन्न सक्दिन।
केही कुरा भने भए,
सर्वोच्च स्थापित भयो, समीकरण अनिर्णीत-प्रतिपक्ष निर्णायक, यस्तै यस्तै अथवा बाघको मुर्ति कस्तो हुने ? कस्तो बनाउनु पर्ने ? भन्ने सम्मका सरगर्मी उठे ! ठूला देखि साना विषय पनि अब आम आँखामा छन् है भन्ने
सम्म भनम न। अन्त्यमा: एउटा पत्रकारले सत्ता देख्दा
कस्तो हुन्छ? र सत्ताले पत्रकार देख्दा कस्तो हुन्छ? यहाँ भित्रका संगति असंगती के रहेछन् आम जनता सम्म मेलोमेसो
आईपुग्यो। आजको कम्तीमा यो उपलब्धि हो।
छुटेछ नि ?
कम्तीमा एउटा आत्मदाह छुट्यो, करौडौं लगानी गरेर
संचालित कालिज फार्मका सबै कालिज संक्रमणले मारिएपछि राज्यका निकायमा नीति संगत
पाइने क्षतिपूर्ति नपाउँदा छट्पटाएकाे त्यो मन छुट्यो, असरल्ल सडकमा कृषकले मूल्य नपाउँदा छरिएका सागसब्जी छुटे !
साध्ये छ र ? छुटेका कुरा समेट्न ! यो चर्को वाद प्रतिवादमा मूल्य कसले चुकाउँछ ?
रवि vs १२ भाई !
मुख्य शीर्षक वा अहिलेको दिनचर्या। धेरै कुरा सकारात्मक छन् है ! एउटाले पर्दा
हटाई दिने हो भने झ्यालबाट भित्र के छ वा छैन तव पो देखिन्छ? भनिन्छ: हामी कोही शतप्रतिशतमा पूर्ण ठीक वा पूर्ण बेठीक
हुँदैनौं। केही ठीक ! केही बेठीक ! अझ भनौं केही सही ! केही खराब ! हामी सबै यही मात्रात्मक सन्तुलनका अनुपात
हौं। “पूर्णत रवि वा पूर्णत १२ भाई” भन्ने तर्फबाट अतिशयोक्ति हामी बन्नु हुँदैन
की ? तथापी मात्रात्मक सही हुने कुरामा यो
कुराले मद्दत नै गर्छ।
हो के त?
जब राजनीतिक
सरगर्मी आउँछ: सबै उस्तै ? जब पत्रकार तानिन्छ दृश्य अर्कै, अभियान्ता, कलाकार, समाजसेवी, लेखक, विश्लेषक, हरेक तह र तप्का
उही। यति धेरै सामान्यीकरण हुन्छ कि: “सबै उस्तै”। एउटै भुङ्ग्रोमा हालेपछि: सबै
खरानी हुनै पर्दैन: डढ्नु त पर्यो नै। किन किन मलाई असल गर्छु भन्ने हरुको तेजोबध
यही बाट हुन्छ कि जस्तो लाग्छ।
निष्कर्ष :
मलाई त सबै जना
राम्रो लाग्छ। प्रष्ट भनौं न: हामी सबै राम्रो छौं। हामी सबैको विचार, सोच र उद्देश्य राम्रो छ। तर परिस्थिति अनुसार चल्नु पर्ने
वाध्यता सबैको छ । किनकि परिस्थिति जीत हार/नाफा घाटा/ समर्थन विरोध /जय विजय यस्तै यस्तैमा विभक्त हुन्छ। यति भएर पनि एउटा कित्तामा
उभिएर अर्को कित्ताको पनि अस्तित्व छ है भन्ने स्वीकार्न सक्यौ भने केही राहत
होला। यहाँ भन्दा पनि सजिलो जीत र हार वीचमा कतै सह-अस्तित्व भेट्टाउन सक्यौ भने
अहम् हुन्छ कि ?
जति कुरा गरे
पनि....
तर यथार्थ के हो
भने, यो “प्राण भन्दा प्यारो जन्म भूमि बन्नु पर्छ,बनाउनु पर्छ !” भन्ने कुरामा नमज्जाले चिमोटिने मध्येको एक प्रतिनिधि अंश हामी पनि हौं।

भने पछि रबि गलत नै हुन
ReplyDelete