कविता - अधुरो प्रेम 💔

अधुरो प्रेम 💔 !

विस्तारै कुरा हुन थाल्यो,
सुस्तरी हावाको वेगमा,
अनि नदी झैँ बग्न थालियो
एक अर्काको लागि !!

फूल र माहुरी जस्तै
झुम्मिरहने,
ढुकढुकी मुटु भित्र साँचेर
पलपल हराउने,

लाग्थ्यो,
तिमी बिना म अधुरो छु,
अपूर्ण छु,आधा छु
के अर्थ तिमी बिना मेरो ??
यसरी नै समयले आफ्नो
खुड्किलो पार गर्दै गयो,
रहर र सपनाहरुले थिच्दै लगे,
थकाई,बाटो र गन्तव्य
अलग हुँदै गयो ......
अन्तत: सम्बन्ध
 अनेक अप्ठ्याराहरूको
वीचमा मुस्किलले अडिन पुग्यो,

विस्तारै,
 आशंकाहरुले ठाउँ लिन पुगे,
बाहाना सजिलो हुन थाल्यो
बोल्ने शब्दहरू
भेट्ने ठाउँहरू
अशक्त बन्दै गए..

यसरी,
हामी अपरिचित झैँ
बनीसकेछौं,जुन हामीले
आजसम्म किन ? भनेर खोतल्न सकेनौं !!
Facebook Page :
https://m.facebook.com/Bigyan-Dahal-2046714802310661/

Twitter Link : https://mobile.twitter.com/home




Comments