कविता मूल घर
🏡 मूल घर 🏡
मूल घर
ज्युँदो ईतिहास हो
हजुरबुबाको पसिना,जवानी,
हिउद र वर्खाहरुले उभ्याएको !
हिउद र वर्खाहरुले उभ्याएको !
यही मूल घरले हो
हजुरआमालाई बेहुलीमा
स्वागत गरेको
जन्मिँदा बुबालाई धर्ती दिएको
वाल्यकाल हुर्काएको
यौवन सिकाएको
र जन्ती निकालेको ....
मूल घरमा,
सुरुमा आउँथ्यो
दशैं,तिहार
र विस्तारै सर्थ्यो ठूलोबुबा,
काकाहरूको मा,
टुप्लुक्क आईपुग्थ्यो यहीँ
सु:ख,दु:ख र अप्ठ्याराहरू
जव वचेराहरुको
पखेटा भरिँदै गयो
जीवन खोज्न
सपनाहरु बोकेर वचेराहरु
उडान भरे,
हो,यही बाट सुरु भएका हुन्
मूल घरका एकान्त दिनहरू !
घरबारी, खोलाखेत
बोझ भइसकेको थ्यो मूल घरलाई
छोरा नातीहरु
लामो न्यास्रो पछि फर्किन्थे,
केवल,मायाले मात्र
बुढा भका हजुरबुबालाई
साथ दिइरहन सकेन !
आज पनि मूल घरले
थुप्रै वसन्तका कहानीहरु
सम्हालेर राखेको छ,
कौशी,बूईकल,भित्तो
र आँगनहरुमा ...!
आफू अस्तित्वको
Join on Facebook page :
https://m.facebook.com/Bigyan-Dahal-2046714802310661/
Follow on Twitter :
https://mobile.twitter.com/home
https://m.facebook.com/Bigyan-Dahal-2046714802310661/
Follow on Twitter :
https://mobile.twitter.com/home

Comments
Post a Comment
Thank You 🙏