तिमी आदर्शहरुमा बाँच्नु, म जीवनको मूल्य खोजीरहेको हुनेछु...!

 

तिमी आदर्शहरुमा बाँच्नु,

                   म जीवनको मूल्य खोजीरहेको हुनेछु...! 


हत्केलामा अट्न नसकेको पौरख

अनुहारमा पोतिन नसकेको खुशी

पर्खिदा पर्खिदा बितेको समय

र सोध्दै सोध्दै पहिल्याएको  त्यो गन्तब्य 

म आफु भित्र अझै खोजी रहनेछु ..!


विचारमा कुदी रहेको मष्तिष्क

भावनामा हार खाँदै गरेको मन 

निद्रामा ब्युँझिरहेको सपना 

र आँखा वरिपोरी घुमिरहने दृश्यहरू 

म फर्किएर एकछिन सुम्सुम्याई रहनेछु..! 


केही हिसाबकिताबमा अल्झिएको सम्बन्ध

देख्ने बित्तिकै परिचित लाग्ने अनुहारहरू 

पिछडीएका तर दुर्गम भएका ती भेट

र वाचाहरुमा कहिल्यै इमान्दार नदेखिने त्यो लवज 

म आफैलाई विर्सिएर पनि सम्झिरहनेछु ..! 


एउटै धरातल, एउटै यथार्थ 

एउटा मान्छेलाई सधैं एकतमास नहुने रहेछ ..! 


Comments