सम्हालेर मनहरु!

 सम्हालेर मनहरु 

पुग्नु छ: जीवनको शिखरमा,
















खोज्नु छ गन्तव्य जहाँ 

थकान नहोस्: नहोस् कुनै बन्देज

जहाँ विश्वासले छोपोस्: सम्बन्धहरु 


एउटा खुल्ला आकाश

जहाँ दुवै जना निर्धक्क खुल्न सकौँ,

र सकौँ : दुवैका सारथी बन्न,

विर्सदा सम्झाउने,

विराउँदा सच्याउने,

दुखी हुँदा सँगै दुख्ने  

खुशी हुँदा सँगै रमाउने 

अगाडी बढ्न सधैं भरोसा दिने 

कमजोरीमा ढाडस भइदिने,

परेको बेला उभिने,

कमजोरी लाई सुधार गर्दिने,

सहृदयी जीवन अङ्ग हौ तिमी !


म स्वयं आफू रहिन अब 

त्यो तिमी हौ ...!

तिमी बाट अलग रहेर 

म आफूलाई परिभाषित गर्न सक्दिन !


समय... समय लाग्दैन 

तिम्रो आवाज सुन्दा मात्र पनि,

एउटा तरङ्ग बोकेर तिम्रो 

नतमस्तक रहनेछु सदा ..!


खुशी, जीवन अथवा गन्तब्य के भनौँ ??

मेरो लागि त्यो तिमी हौ ! 


Comments