तिम्रो अंगालोमा..✍️

 




.........✍️











तिम्रो अँगालोमा एउटा संसार 

हृदय भरी बोकेर ...

ती आँखाहरूमा डुब्न मन छ मलाई ..!


तिम्रो स्पर्शको तलाउमा 

हराउन मन छ बेपत्तासँग 

चुम्नु छ तिम्रो अधर 

विर्सिए आफै लाई एकपटक 

एक क्षण रोकेर सास 

सुन्नु छ मलाई तिम्रो मुटुको ढुकढुकी 

र महसुस गर्नु छ ... 

दुई हृदयहरुको कम्पन गती ..!


तिम्रो आवरण 

बोकेर छाती भित्र 

म आफै लाई पोख्न चाहान्छु ..! 

एकाध निष्पट्ट एकान्तहरुलाई 

रङ्ग भर्न पर्खिरहेको छ यो मन ..! 


Comments

Post a Comment

Thank You 🙏