♨️ सपना


एउटा सपना 

जो हजार रहरहरु 

छाडेर उभिएको छ ! 


त्यही सपना हो 

जो विश्वास 

टुक्रिएको क्षणमा पनि 

आत्मबल बोकेर डोर्याइरहन्छ ! 

मलाई म भएको आशाहरुमा 

व्युँझाई रहन्छ ! 


केही थान 

म प्रतिको उपेक्षा 

भीड भन्दा परको सत्य 

नदेखिने सुदुर गन्तव्य 

यी नै हुन् मेरा सपनाका 

चालकहरु !! 


कुनै निजत्व,

कुनै अव्यक्त हृदय 

वा मैले टेकेको जमीन 

सबै यथार्थहरु भन्दा 

एउटा सपनाको किलोमिटर 

मन भित्र दगुरेर नसकिने गरी 

लम्किरहने छ !! 


विज्ञान दाहाल...✍️



Comments