के सुनाऊ...✍️














के सुनाऊ ...

एकाध एकान्त र मौनताहरुमा 

चुप्पी साध्ने हृदय 

त्यसै त्यसै विलाई जाने मनोबल 

पछ्याई रहने सम्झना 

वा केही अरू ?


कुनै दिन 

न फर्किएला भन्न सकिन्न 

विर्सिएको बाटोको पदचाप,

क्षणहरु सँगको निकटता 

आफै माथिको विश्वास ! 


धेरै बाँकी हुँदा,

के था सकिएको क्षितिज 

अझ खुल्ने पो हो कि ? 

पल्टाईएका पानाहरूमा 

एकाध दागहरू अजम्बरी बस्ने पो हुन कि ? 



Comments